१३३ जना विदेशीलाई गरियो नेपालबाट निष्काशन

तु खबर संवाददाता
२०७९ श्रावण २५, बुधबार ०८:५४

काठमाडौं । सरकारले पछिल्लो तीन महिनामा विभिन्न गैरकानुनी क्रियाकलापमा सहभागी ३३ देशका १३३ जना विदेशी नागरिकलाई नेपालबाट निष्काशन गरेको छ । बैशाख १ गतेदेखि असार मसान्तसम्मको अवधिमा उनीहरूलाई निष्काशन गरिएको अध्यागमन विभागले जनाएको छ ।

नेपालबाट निष्काशनमा पर्नेमा सबैभन्दा बढी चिनियाँ र अमेरिकी नागरिक रहेका छन् । गत बैशाखदेखि असारसम्मको अवधिमा सरकारले २५ जना चिनियाँ र १९ जना अमेरिकी नागरिकलाई देशबाट निष्काशन गर्ने निर्णय गरेको विभागले जनाएको छ ।

चिनियाँ र अमेरिकीपछि नेपालबाट निष्काशित हुनेमा तेस्रो ठूलो संख्या क्यानडेली र पन्च नागरिक रहेका छन् । सो अवधिमा १०–१० जना क्यानडेली र फेन्च नागरिकलाई सरकारले निष्काशन गरेको छ।

यसैगरी, ९ जना बेलायत, ४ जना पाकिस्तान, १ जना अल्जारया, ४ जना अस्टिया, २ जना अस्ट्रेलिया, १ जना बेलारूस, २ जना ब्राजिल, २ जना चिली, १ जना चेक रिपब्लिक, ३ जना जर्मनी, २ जना इन्डोनेसिया, ५ जना आयरल्यान्ड, १ जना इजरायल र ३ जना इटालीका नागरिक निष्काशनमा परेका हुन् ।

यस्तै, ३ जना जापान, २ जना दक्षिण कोरिया, १ जना मेक्सिको, २ जना नेदरल्यान्ड्स, ३ जना फिलिपिन्स, १ जना रोमानिया, ३ जना रुस, १ जना स्पेन, १ जना श्रीलंका, १ जना स्विडेन, १ जना स्वीट्जरल्यान्ड, ३ जना थाइल्यान्ड, ३ जना उज्वेकस्तान र ४ जना भियतनामका नागरिकलाई पनि सरकारले निष्काशन गरेको छ ।