नितिश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा
काठमाडौं । नितिश कुमारले बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् । राज्यपाललाई भेटेपछि नितिश कुमारले पत्रकारहरूलाई आफूले राजीनामा दिएको जानकारी गराएका हुन् ।
उनले पार्टीका सबै विधायक र सांसदहरू एनडीएबाट अलग हुन चाहेको जिकिर गरे । गठबन्धनमा संलग्न बीजेपीसँग मतभेदका बिच जनता दल–यूले मंगलबार विधायक र सांसदहरूको बैठक बोलाएको थियो । अब नितिश कुमारले आरजेडीको समर्थनमा नयाँ सरकार बनाउने विश्वास गरिएको छ । कांग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमार नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने संकेत गरेका छन् ।
