नेपाल समाजवादी पार्टीको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ श्रावण २१, शनिबार ०८:५६
file-photo

काठमाडौं । नेपाल समाजवादी पार्टीको बैठक आज बस्दैछ । बैठक काठमाडौंमा बस्ने भएको हो । उक्त बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी निर्णय हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

यस्तै, बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने पनि बताइएको छ । निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुनेछ ।