भारतमा उपराष्ट्रपति निर्वाचन आज हुँदै

तु खबर संवाददाता
२०७९ श्रावण २१, शनिबार ०८:४८

काठमाडौं । भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचन आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा हुने भएको हो । साँझपछि नतिजा आउने सम्भावना छ । सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् ।

बंगालको पूर्वगर्भनर जगदीपको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन् ।