माओवादी अध्यक्ष प्रचण्ड आज जापान जाँदै

तु खबर संवाददाता
२०७९ श्रावण २०,शुक्रबार १५:४०
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाँदै छन् । प्रचण्ड आज राति १० बजे जापान प्रस्थान गर्ने भएका हुन् । पाँच दलीय गठबन्धनले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको जापान भ्रमणको सफलताको कामना व्यक्त गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँच दलीय गठबन्धनले प्रचण्डको जापान भ्रमणको सफलताको कामना गरेको हो ।