दुध बिक्रीको प्रोत्साहन अनुदान रकम हस्तान्तरण

तु खबर संवाददाता
२०७९ श्रावण २०,शुक्रबार १८:२९

मकवानपुर । जनजागृती बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई दुध बिक्रीको प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरिएको छ । संस्थाले शुक्रबार एक कार्यक्रमबीच मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ सिमलटारका किसानलाई प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरेको हो ।

उक्त अनुदान रकम गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले उक्त प्रोत्साहन रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष स्याङ्तानले किसान स्थायी कर्म हो, मेरो पद भनेको अस्थायी हो भन्दै शिक्षा, स्वास्थ्य र रोजगार विकासको आधार रहेकाले रोजगार अन्तरगत कृषि पेशा स्थायी रोजगार रहेको बताए । उनले गाइपालन क्षेत्र निर्माण गरि पकेट क्षेत्र बनाउन सकियो भने व्यवसायिक पेशा गर्न आग्रह गरेका छन् ।

कार्यक्रम संस्थाका अध्यक्ष ईन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको हो । कार्यक्रममा वडा ५ का अध्यक्ष दिपेश दाहाल, सहकारीका सल्लाहकार यट बहादुर बस्नेत, यज्ञप्रसाद तिमल्सिना, शिक्षक ईन्द्रबहादुर कार्की, प्रह्लाद घिमिरे, लेखा समिति संयोजक तेजबहादुर अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।