हेटौंडामा कोरा साइकलिङ हुँदै

तु खबर संवाददाता
२०७९ श्रावण २०,शुक्रबार १८:१२

मकवानपुर । हेटौंडा राइडर्स क्लबले शनिबार हेटौंडा कोरा साइकलिङको आयोजना गर्ने भएको छ । राइडर्स क्लबले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो ।

सम्मेलनमा क्लबका अध्यक्ष विकास ताम्राकारले ५० किलोमिटरमा हेटौंडा कोरा साइकलिङ कार्यक्रम गरिने जानकारी दिए । उनका अनुसार, हेटौंडाको भुटनदेवी मन्दिरबाट सुरु भई फरेष्ट्रि कर्रा गुम्बा हुँदै कमलडाँडा, पशुपति मन्दिर, हुप्रचौर, परिजातपथ हुँदै कान्तिराजपथ, बुद्धचोक, वन कार्यालय, जलेश्वर मन्दिर, वनस्खण्डी, मनकामना चोक, सानोपोखरा, पिप्लेबाट हेटौंडा रिसोर्ट हुँदै चौघडा, चुच्चेखोला, राजदेवी, फुर्केचौर गुम्बाडाँडा, हटिया, कमाने हुँदै औद्योगिक क्षेत्रबाट हेटौंडाको बुद्धचोकमा आएर समापन हुनेछ ।

गुम्बाडाँडामा खानासहित हेटौंडेली बाण्ड अनविग्यले लाइभ कन्र्टस गर्ने कार्यक्रम समेत रहेको उनले बताए । धार्मिक तथा पर्यटकीय क्षेत्रको परिक्रमा गर्दै हेटौंडा कोरा साइकलिङ कार्यक्रम गरिने उनले बताए । कार्यक्रममा बारा, पर्सा, काठमाडौं र मकवानपुरका राइडर्सहरु गरेर २ सय भन्दा बढीले सहभागीता जनाउने उनकाृ भनाई छ ।

१६ वर्ष माथीका उमेर समूहले नाम दर्ता गर्न मिल्ने भन्दै दर्ता शुल्क पाँच सय रहेको बताए । हेटौंडा कोरा साइकलिङकमा १५ देखी २० जना महिला राइडर्सले समेत सहभागिता रहने जनाइएको छ । हेटौंडा कोरा साइकलिङमा साइकलका खेलाडीहरु समेत सहभागि बन्ने जनाइएको छ ।