उचारचढावकाबीच ३८ अंकले घट्यो शेयर बजार

काठमाडौं । गत साता सुधारिएको शेयर बजार यस साता एकाएक क्रमिक रुपमा घट्न पुगेको छ । अघिल्ला २ दिन झिनो अंकले घटेको मार्केट आज ३८.६१ अंकले घटेर २१४८ को विन्दुमा कायमा हुन पुगेको छ ।
नेप्सेका फ्लोरसिटअनुसार आज सूचीकृत २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ८० लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक घट्न कम्पनीमा प्रतिशतका आधारमा व्यपार समूहको ५.१३ प्रतिशतले घटेको छ भने रुपैयाँका आधारमा जीवन बीमा समूहको १६७ रुपैयाँ ८३ पैसाले घट्न पुगेको छ ।