प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मंसिर ४ गते गर्ने सरकारको निर्णय

तु खबर संवाददाता
२०७९ श्रावण १९,बिहीबार १५:५६

काठमाडौं । नेपाल सरकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन अगामी मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकरी दिए ।

यसअघि गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को बैठकमा चुनावको मिति घोषणा गर्ने प्रस्ताव लगेको जानकारी दिएका थिए । बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकको चुनावको मितिबारे सहमति गरेको थियो ।