निर्वाचन प्रयोजनका लागि आइतबारदेखि नै दल दर्ता हुने

तु खबर संवाददाता
२०७९ श्रावण १९,बिहीबार १८:४४

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबारदेखि दल दर्ता गर्ने भएको छ । बिहीबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सोबारे जानकारी गराएका हुन् ।

यस्तै, आउँदो हप्ता देखिनै समानुपातिक तर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम अघि बढाउने उनले बताए । उनले भने– ‘उम्मेदवारको बन्द सूचीको प्रक्रिया अघि नबढाई प्रत्यक्ष उम्मेदवारीको काम नबढ्ने भएकोले त्यसलाई हामीले छिट्टै सक्नुपर्ने हुन्छ । निर्वाचन कार्यविधि, आचार संहिताका विषयहरु छन् तिनको परिमार्जन, संशोधन अझै व्यवहारिक बनाएर कार्यान्वयन गर्छौँ ।’