ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण १८, बुधबार १६:२१
सांकेतिक तस्वीर

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा आज डण्डी बोकेको ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दिलीप सहनी रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रहरीका अनुसार, गौशाला नपा–४ स्थित सुर्तिविकास चौकमा बर्दिबासतिरबाट डण्डी बोकेर गौशालातिर आउँदै गरेको ना ४ ख ३३३९ नम्वरको ट्रकले विपरित दिशातर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकललाई ठक्कर दिँदा सहनी गम्भीर घाइते भएका थिए । घाइते उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक दिलीपको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ भने निजलाई ठक्कर दिने डण्डी बोकेको ट्रक र चालक इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको छ ।