झिनो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । केही दिनयता सुधार देखिएको शेयर बजार आज २.८१ अंकले घटेर २१९३ को विन्दुमा कायम भएको छ ।
आज नेप्समा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोडमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ६ उपसूचकमा हरियाली छाएको छ भने बाँकी ७ उपसूचक राताम्य छन् । आज व्यापार समूह, हाइड्रोपावर, फाइनान्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र म्युचुअल फण्ड समूहमा हरियाली छाएको छ ।
त्यस्तै, सर्वाधिक प्रतिशतका आधारमा अन्य समूहको १.०४ प्रतिशतले घटेको छ भने रुपैयाँका आधारमा जीवन बीमा समूहको ६४.४६ रुपैयाँले घट्न पुगेको छ ।