एकैदिन ८१४ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ श्रावण १७, मंगलवार १७:५०
file-photo

काठमाडौं । नेपालमा थप ८१४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ४१५ जनाको परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ जना र २ हजार ६५३ जनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २९९ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ । जसमध्ये ४ हजार ९८५ जना होम आइसोलेसनमा रहेका छन् भने १५९ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा रहेका छन् ।