समाचार

मकवानपुरमा सवारी कारबाहीबाट २ करोड बढीको राजस्व संकलन

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७८/०७९ मा सवारीसाधन कारबाहीबाट २ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने साना तथा ठुला सवारीहरूबाट गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा २ करोड ३६ लाख ९० हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको...

मकवानपुरमा एक वर्षमा सवारी दुर्घटनामा परेर ७० जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर ७० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार, जिल्लामा गत आर्थिक वर्ष २०७८ को साउन महिलादेखि २०७९ असारसम्ममा ७० जनाको दुर्घटनामा परेर मृत्यु भएको हो । मृत्यु हुनेमाहरु ६३ पुरुष, ४ महिला, १ बालक र...

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा यातायात संचालन

काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा यातयात संचालनमा आएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको जनाइएको छ । दुई वटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।...

आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार, देशका प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...

७ जना जुवाडे प्रहरीको फन्दामा

जनकपुरधाम । सर्लाही प्रहरीले होटेलमा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ७ जनालाई पक्राउ परेको छ । बागमती नगरपालिका वडा नम्वर ३ धरहरास्थित घिसिङ होटेलमा जुवा खेलिरहेका उनीहरुलाई आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्याल सर्लाहीले जनाएको छ । पक्राउ पर्नेहरुमा बागमती नगरपालिका ३ बस्ने ३० वर्षीया जमुना मोक्तान, ३५...

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

पोखरा । पोखरा–हेमजा सडकखण्डमा आइतबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुने मोटरसाइकल चालक माछापुच्छ्रे गाउँपालिका लाहाचोकका २७ वर्षीय नवराज नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार, पोखराबाट हेमजातर्फ जाँदै गरेको ग १ ७ प १९७० नम्बरको मोटरसाइकललाई ग १ क...

कास्कीमा पहिरोमा परी १ जनाको मृत्यु

पोखरा । कास्कीको पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु भएको छ । गएराति करिब १ बजे पहिरोमा परेर लक्ष्मी खड्का क्षेत्रीको घरमा डेरा गरी बस्ने २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्वर १ भुर्जुङखोला तातोपानी घर...

हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा व्यापार प्रर्बद्धन केन्द्रकोे स्थापना

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ मा रहेको हेटौंडा स्कूल अफ म्यानेजमेन्टले व्यापार प्रर्बद्धन केन्द्र स्थापना गरेको छ । आइतबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले उक्त केन्द्रको उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रम हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सको व्यवस्थापन समितिका अध्यक्ष देव प्रसाद...

अडान बागमती प्रदेशको समिति विस्तार

मकवानपुर । नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेशका अध्यक्ष रामकुमार बर्तौलाले समिति विस्तार गरेका छन् । बर्तौलाको अध्यक्षतामा शनिबार बसेको दोस्रो बैठकले समितिमा ६ जना सदस्य मनोनित र पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । समितिमा दोलखाका उदम चन्द्र श्रेष्ठ, सिन्धुलीका बद्रि नारायण श्रेष्ठ, नुवाकोटको विष्णु प्रसाद नेपाल,...

सभामुख सापकोटाद्वारा नागरिकता विधेयक प्रमाणित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन् । सभामुख सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदबाट पारित भएको उक्त विधेयक आइतबार प्रमाणित गरेका हुन् । उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हालै पारित भएको थियो । सभामुखबाट प्रमाणित भएसँगै उक्त विधेयक...