सभामुख सापकोटाद्वारा नागरिकता विधेयक प्रमाणित

तु खबर संवाददाता
२०७९ श्रावण १५, आईतवार १८:१३
file-photo

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन् । सभामुख सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदबाट पारित भएको उक्त विधेयक आइतबार प्रमाणित गरेका हुन् ।

उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हालै पारित भएको थियो । सभामुखबाट प्रमाणित भएसँगै उक्त विधेयक राष्ट्रपतिकोमा पठाइनेछ । राष्ट्रपतिबाट प्रमाणित भएपछि कार्यन्वयनमा आउने जनाइएको छ ।