समाचार

माओवादी स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ । दिउँसो ३ बजे बस्ने गरी बोलाइएको स्थायी समिति बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार, संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो । अर्को बैठकको समय भने तोकिएको छैन...

आज साउन १५ अर्थात खीर खाने दिन

मकवानपुर । आज साउन १५ गते अर्थात खीर खाने दिन । नेपालीहरुले आतबार घरपरिवार, इस्टमित्र र चेलीबेटीलाई बोलाएर खुसियालीका साथ खिर खाएर रमाईलो गरी यो पर्व मनाउँदै छन् । असार १५ मा दही चिउरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा...

अमेरिकी राष्ट्रपति बाइडन पुनः कोरोना पुष्टि

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनलाई पुनः कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । उनका डाक्टरहरुले यसलाई ‘रिबाउन्ड इन्फेक्सन’ भनेका छन् । राष्ट्रपति बाइडनमा सबैभन्दा पहिले २१ जुलाईमा कोरोनाबाट संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संक्रमणको सामान्य लक्षणहरु थिए । त्यसपछि गत मंगलबारदेखि शुक्रबारसम्म चार पटक गरिएका...

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते संचालन हुने

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पुरक) परीक्षा आगामी भदौं ११ र १२ गते संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भदौको ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तय गरेको हो । बोर्डका अनुसार, ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ ५ गतेसम्म...

दुर्घटनामा परेर एक जनाको मृत्यु

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्वर १ बुलबुलेमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान साढे ६ बजको समयमा सुर्खेतबाट मुगुका लागि छुटेको लु १ ज ३७३४ नम्वरको गाडी बेक्र फेल भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ...

पोखरीमा डुबेर २ बालबालिकाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुईको मृत्यु भएको छ । शनिबार जिल्लाको कावासोती र देवचुलीमा पोखरीमा डुबेर दुईको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, कावासोती–४ झुलुङ्गे पुलस्थित पोखरीमा देवचुली–१० गणेश टोलकी माया सिंजालीका ६ वर्षीय छोरा ऋतिक पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता...

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्तिम बिर्ता ​ केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटको समयमा ६ म्याग्‍निच्यूडको भूकम्पको धक्का महसुस भएको पुष्टि भएका हुन् । भूकम्पको धक्का खोटाङ र त्यस आसपासका जिल्लाका साथै...

कक्षा ११ मा भर्ना हुन एसईईमा १.६ जीपीए अनिवार्य

मकवानपुर । कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १.६ जीपीए ल्याएको हुनेपर्नेछ । कक्षा ११ मा भौतिक विज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चार वटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १.६ जीपीए प्राप्त गरेको...

आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहनुका साथै पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज आइतबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भएको हो । आजको बैठकमा स्थायी कमिटी र पोलिटब्युरो पूर्णता, अर्थमन्त्री चयनलगायतका विषयमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन...