अमेरिकी राष्ट्रपति बाइडन पुनः कोरोना पुष्टि

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनलाई पुनः कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । उनका डाक्टरहरुले यसलाई ‘रिबाउन्ड इन्फेक्सन’ भनेका छन् ।
राष्ट्रपति बाइडनमा सबैभन्दा पहिले २१ जुलाईमा कोरोनाबाट संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संक्रमणको सामान्य लक्षणहरु थिए । त्यसपछि गत मंगलबारदेखि शुक्रबारसम्म चार पटक गरिएका परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, अहिले पुनः बाइडनलाई कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।
उनले आफूमा कोरोना संक्रमणका कुनै लक्षण नदेखिए पनि आफू आइसोलेसनमा रहने बताएका छन् । बाइडनका डाक्टरहरुले उनलाई उपचारको आवश्यकता अहिलेसम्म नदेखिएको तर, नजिकबाट निगरानीमा राखिएको जनाएका छन् ।