खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प
काठमाडौं । खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्तिम बिर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटको समयमा ६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको पुष्टि भएका हुन् ।
भूकम्पको धक्का खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यका र हेटौंडासम्म महसुस भएको छ । भूकम्पबाट के–कति क्षति भयो भन्नेबारे विवरण आउन बाँकी छ ।
