समाचार

पेट्रोलियम ढुवानी व्यवसायीले देशव्यापी रुपमा आन्दोलन गर्ने

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले सोमबारदेखि देशव्यापी आन्दोलन गर्ने भएको छ । पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग गर्दै व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जारी गरेको विज्ञप्तिमा सोमबारदेखि हवाई इन्धनको ढुवानी रोक्ने उल्लेख छ । यस्तै, २० गतेदेखि...

प्रहरीका १३ जना एसपीको काज सरुवा

काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ । नेपाल प्रहरीको प्रधान कार्यालय मानव श्रोत विकास विभागका अनुसार, १३ जना एपीर ४ जिल्लाका इन्चार्ज फेरिएको हो । ज्ञानेन्द्र्रप्रसाद फुयाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा सरुवा गरिएको छ । सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे...

दुर्घटनामा परेर कार्कीको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका वडा नम्वर ३ स्थित सुरुङ्गा–कुमरखोद सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउपालिका वडा नम्वर ६ बस्‍ने २३ वर्षीय राजेश कार्कीको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, आइतबार दिउँसो मे १ च १६५४ नं।...

नाग पञ्चमीमा सार्वजनिक विदा

काठमाडौं । कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक विदा दिने भएको छ । कर्णाली प्रदेश सरकारले नाग पञ्चमीको अवसर पारेर मंगलबार अर्थात यही साउन १७ गते सार्वजनिक विदा दिने भएको हो । प्रदेश सरकारले सो दिन प्रदेशभित्र रहेका सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा विदा दिने भएको हो । नाग पञ्चमीको...

एकैदिन ६२० जनामा कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ६२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८४६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र...

मकवानपुरको कैलाश गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी तीब्र

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकालाई बालमैत्री घोषणा गरिने भएको छ । आगामी मंसिर २५ गते बालमैत्री गाउँपालिका घोषणा गर्ने गरी सूचकहरुमा काम भैरहेको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले जानकारी दिए । पालिकालाई बालमैत्री घोषणाका लागि साउनको पहिलो हप्तादेखि वडास्तरीय रणनीति तथा कार्ययोजना तयारी सम्बन्धि वडा–वडामा छलफल भइरहेको कैलाश गाउँपालिकाका...

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए...

आइतबार नेप्से ५४ अंकले बढ्दा साढे ४ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा सुधार आएको छ । आज नेप्से परिसूचक ५४ अंकले बढेर २१९५ को विन्दुमा पुगेको छ । गत साता शेयरबजारमा घटबढको उतारचढाव देखिएको थियो । नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच हुँदा १...

अपहरण र ज्यान मुद्दाका फरार आरोपी पक्राउ

काठमाडौं । अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको ईशनाथ गाउँपालिका–३ घर भएका ४७ वर्षीय ईन्दल महतो कोइरी रहेका छन् । प्रहरीका अनुसार, अनुपी देवीको जाहेरीले प्रतिवादी ईनरजित महतो समेत भएको अपहरण तथा कर्तव्य ज्यान मुद्दामा ईन्दल फरार थिए । उनलाई...

वाईसीएलको राष्ट्रिय भेला भदौ ३ र ४ गते हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएललले आगामी भदौ ३ र ४ गते राष्ट्रिय भेला गर्ने भएको छ । भेला गर्नका लागि आवश्यक तयारी गरिरहेको संयोजक सुमन देवकोटाले जानकारी दिए । उनका अनुसार, भेलामा समसायिक र राजनीतिक प्रतिवेदन पेश गरिनुका साथै सांगठनिक विषयमा छलफल हुनेछ । यस्तै, संगठनको...