आइतबार नेप्से ५४ अंकले बढ्दा साढे ४ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७९ श्रावण १५,आईतवार १६:११

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा सुधार आएको छ । आज नेप्से परिसूचक ५४ अंकले बढेर २१९५ को विन्दुमा पुगेको छ । गत साता शेयरबजारमा घटबढको उतारचढाव देखिएको थियो ।

नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६० करोड माथिको कारोबार भएको छ । नेप्सेमा रहेका फाइनान्स सूचक बाहेकका सबै सूचकमा आज हरियाली छाएको छ । आज सर्वाधिक बीमा समूहमा चमत्कारिक सुधार देखिएको छ । जीवन बीमा सूचक आज ४१२ रुपैयाँ ८९ पैसाले बृद्धि भएको छ भने निर्जिवन बीमा सूचक ३७४ रुपैयाँ ८ पैसाले बढ्न पुगेको छ ।