दुर्घटनामा परेर कार्कीको मृत्यु
झापा । झापाको कन्काई नगरपालिका वडा नम्वर ३ स्थित सुरुङ्गा–कुमरखोद सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउपालिका वडा नम्वर ६ बस्ने २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार, आइतबार दिउँसो मे १ च १६५४ नं। को एम्बुलेन्सले प्र १–०१-०१५ प २१४८ नम्वरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार कार्की गम्भीर घाइते भएका थिए । घाइते उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका–१० बस्ने वर्ष ४६ वर्षीय चन्द्र बहादुर बिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
