दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण १६, सोमबार ०९:१५

पोखरा । पोखरा–हेमजा सडकखण्डमा आइतबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुने मोटरसाइकल चालक माछापुच्छ्रे गाउँपालिका लाहाचोकका २७ वर्षीय नवराज नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार, पोखराबाट हेमजातर्फ जाँदै गरेको ग १ ७ प १९७० नम्बरको मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा आगलागी थियो । मोटरसाइकलमा आगलागी हुनेवित्तिकै प्रहरी टोली खटिएर उपचारका लागि उनलाई मणिपाल शिक्षण अस्प्ताल पुर्‍याइएकोम अस्पतालले मृत घोषणा गरेको हो ।

मोटरसाइकलमा आगलागी भएपछि निभाउने प्रयास गर्दा ठक्कर दिने ट्रक ड्राइभर पनि घाइते भएका छन् । आगो निभाउने लागि परेका ट्रकमा सवार क्षेत्रबहादुर कुँवर पनि घाइते भएका छन् । ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।