सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

तु खबर संवाददाता
२०७९ श्रावण १७,मंगलवार ०९:१३
file-photo

काठमाडौं । सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन १३ गतेदेखि आवेदन आह्वान गरेकोमा मंगलवार लगानीकर्ताले आवेदन दिन पाउँने भएका हुन् ।

कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा प्रतिकित्ता रू१०० का दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ ।