समाचार
आज बाबुको मुख हेर्ने दिन अर्थात कुशे औंसी मनाइँदै
मकवानपुर । आज बाबुको मुख हेर्ने दिन अर्थात कुशे औंंसी पर्व मनाइँदैछ । जन्म दिने बाबुलाई देवता समान धार्मिक मान्यताका आधारमा आज छोराछोरीले बाबुलाई विशेष सम्मान गर्छन् । आजको दिन आफ्ना बाबुप्रति आदर सम्मानका साथ फलफुल लगायत मीठो खानेकुरा तथा राम्रो लगाउन दिने प्रचलन छ । पिता गुमाएकाहरूले भने...
सडक सुधार र पार्किङ व्यवस्थापन गर्न नेविसंघको माग
मकवानपुर । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ मकवानपुरले हेटौंडा उपमहानगपालिका वडा नम्बर २, मानसचोक देखि मनकामना चोकसम्मको सडक स्तरीकण तथा सवारी पार्किङको व्यवस्थापन गर्न माग गरेको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले तीन दिनभित्र सडकको अवसस्था सुधार सहित पार्किकङको व्यवस्था गर्न माग गरेको हो...
कमल थापा अदालत जाँदै
मकवानपुर । राप्रपा नेपालका अधयक्ष कमल थापा अदालत जाने भएक छन् । अध्यक्ष कमल थापाले सामाजिक संजाल ट्वीटर मार्फत निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध अदालत जाने बताएका हुन् । निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि अध्यक्ष थापा अदालत जान लागेका हुन् । ‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो...
भारतमा एकै परिवारका ६ जना मृत अवस्थामा फेला
भारत । भारतमा शुक्रबार एउटै परिवारका ६ जना मृत अवस्थामा फेला परेका छन् । देशको अम्बालाअन्तर्गत पर्ने बालाना गाउँका एकै परिवारका ६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका बारेमा जानकारी पाउने वित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलमा उनीहरुले मृत्यु अगाडि लेखेको पत्र समेत...
आसन्न निर्वाचन : एमालेले उम्मेदवारको मापदण्ड भोलि तोक्ने
काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवार छनोटका मापदण्ड र प्रक्रिया छनोट भोलि शनिबार तोक्ने भएको छ । शुक्रबारबाट सुरु भएको पार्टीको बैठकमा स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारे विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनबारे जानकारी गराएको छ । त्यस्तै, बैठकले विभिन्न पार्टी...
कपिलवस्तुमा गोली हानेर एक जनाको हत्या
बुटवल । कपिलवस्तुमा गोली हानेर एक जनाको हत्या भएको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्वर ५ मा एक जनाको गोली हानेर हतया भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो अज्ञात समूहले मायादेवी–६ का ५५ वर्षीय घुरहु भनिने रामअनुज पासीमाथी गोली प्रहार गरेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ...
बागमती प्रदेश सरकारले नवौं स्वर्ण जित्ने खेलाडीलाई मासिक भत्ता दिने
मकवानपुर । बागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले प्राथमिकतामा राखेका ९ खेलमा स्वर्ण जित्ने खेलाडीहरुलाई मासिम ६ हजार रुपैयाँ मासिक भत्ता दिने निर्णय गरेको प्रदेशका सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिए । उनका अनुसार, अर्को राष्ट्रिय...
थप ३२४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप ३२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ जार ५१५ को नमुना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ जना पुगेको छ...
आसन्न निर्वाचनमा उम्मेदवारी नदिने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा
मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले आसन्न निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन् । पूर्वमुख्यमन्त्री पौडेलले शुक्रबार एक सन्देश जारी गर्दै आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने घोषणा गरेका हुन् । उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ...
हेटौंडामा रग्बी खेल हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडामा भोलि शनिबार रग्बी खेल हुने भएका छ । उक्त खेल भोलि हेटौंडा उपमहानगरपालिका वडा नमवर ५ क्याम्पा चौरमा हुने भएको हो । जिल्लामै पहिलो पटक हुने लागेको उक्त खेलमा भोलि मकवानपुर र चितवनबीच मैत्रीपूर्ण खेल हुने रग्बी संघ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले जानकारी दिए ।...










