कपिलवस्तुमा गोली हानेर एक जनाको हत्या
बुटवल । कपिलवस्तुमा गोली हानेर एक जनाको हत्या भएको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्वर ५ मा एक जनाको गोली हानेर हतया भएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो अज्ञात समूहले मायादेवी–६ का ५५ वर्षीय घुरहु भनिने रामअनुज पासीमाथी गोली प्रहार गरेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
शुक्रबार दिउँसो अज्ञात समूहको गोली प्रहारबाट पासी गम्भीर घाइते भएको र उनलाई जिल्ला अस्पताल तौलिहवा लगिएकोमा डाक्टरले मृत घोषणा गरिएको जनाइएको छ । प्रहरीले उक्त घटनामा संगलनको खोजी गरिरहनुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
