आसन्न निर्वाचन : एमालेले उम्मेदवारको मापदण्ड भोलि तोक्ने

तु खबर संवाददाता
२०७९ भाद्र १०, शुक्रबार १७:५२
file-photo

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवार छनोटका मापदण्ड र प्रक्रिया छनोट भोलि शनिबार तोक्ने भएको छ ।

शुक्रबारबाट सुरु भएको पार्टीको बैठकमा स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारे विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनबारे जानकारी गराएको छ ।

त्यस्तै, बैठकले विभिन्न पार्टी कामका लागि संगठन विभागका प्रमुख खगराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । आसन्न निर्वाचनको लागि पार्टीहरुले उम्मेदवार टुंगो लगाउन मापदण्ड तोक्न थालेको छ ।