हेटौंडामा रग्बी खेल हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडामा भोलि शनिबार रग्बी खेल हुने भएका छ । उक्त खेल भोलि हेटौंडा उपमहानगरपालिका वडा नमवर ५ क्याम्पा चौरमा हुने भएको हो ।
जिल्लामै पहिलो पटक हुने लागेको उक्त खेलमा भोलि मकवानपुर र चितवनबीच मैत्रीपूर्ण खेल हुने रग्बी संघ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले जानकारी दिए । अध्यक्ष घलानले शुक्रबार हेटौंढामा पत्रकार सम्मेलनको आयोजना गरी रग्बी खेलाडी उत्पादनको लागि प्रशिक्षण कार्यक्रम भइरहेको समयमा महिला र पुरुष छुट्टा छुट्टै मैत्रीपूर्ण खेल खेलाउन लागिएको बताए ।
खेल शनिबार बिहान ८ बजे सुरु हुने रग्बीका राष्ट्रिय खेलाडी बिक्रम भारतीले जानकारी दिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख माधव कोइरला, राष्ट्रिय खेलाडी तथा रेफ्री सिलन श्रेष्ठ, प्रेम कोईरला लगायतको उपस्थिति रहेको थियो ।
