समाचार

हेटौंडाबाट एक युवक पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लगाूऔषध गाँजा ९ केजी ४ सय ग्रामसहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रौतहट साबिक औरैया गाविस–५ बस्ने २६ वर्षीय लखिन्द्र बैठा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

कांग्रेसले आजदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान संचालन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान संचालन गर्ने भएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्म कांग्रेले अभियान चलाउन लागेको हो । अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ...

मकवानपुरमा तीन क्विन्टल बढी गाँजा बरामद,  एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले तीन क्विन्टल भन्दा बढी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैसेबाट २ सय ५६ केजी २८ ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका वडा नम्वर ९ महभिर बस्ने ३५ वर्षीय...

अख्तियारद्वारा ३१ जनाविरुद्ध ३० करोड बराबरको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ जनाविरुद्ध ३० करोड रुपैयाँ बराबरको मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधु प्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायब सुब्बा र खरिदारसहित ३१ जनाविरुद्ध ३० करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।...

कोभिड–१९ का कारण एक सातामा ८ जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोना भायरस (कोभिड–१९) संक्रमणका कारण एक सातामा ८ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले कोरोना संक्रमणका कारण बिहीबार एकैदिन ३ जनाको मृत्यु भएको भन्दै एक सातामा ८ जनाको मृत्यु भएको जानकारी गराएको हो । मन्त्रालयका अनुसार, संक्रमणका कारण भदौ ४ गते...

आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल सुदुर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली र बाँकी प्रदेशमा मनसुनमा आंशिक बदली रहेको जनाएको छ । सरको प्रभावले गण्डकी र लुम्बिनी, प्रदेश १ र बागमती प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य...

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ-आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन आज बैठक बस्न लागेको हो । उक्त बैठकमा नेपाली...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने भएको हो । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो । आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची तय गरेको छ । पार्टी अध्यक्ष केपी...

थप ४४४ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ४४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छन् । योसँगै नेपालमा...

नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा ९८ जना मनोनित

काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा ९८ जना मनोनित भएका छन् । पार्टीको हालै सम्पन्न कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिमा ९८ जनालाई मनोनित गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले ९३ सदस्यीय राजनीतिक समिति पनि गठन गरेको छ । यस्तै, पार्टीको सह–अध्यक्षमा गोविन्दप्रसाद चौधरी मनोनित भएका छन् भने...