समाचार
कैलाश गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी
मकवानपुर । जिल्लाको कैलाश गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने तयारी गरिएको छ । मंसिर २५ गते बालमैत्री गाउँपालिका घोषणा गर्नेगरी सूचक पूरा गर्न तयारी तीव्र पारिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले जानकारी दिएका छन् । बुधबार सञ्चारकर्मीहरुसँगको अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मोक्तानले सूचक पुरा गर्ने सन्दर्भमा आवश्यक...
कैलाशमा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन
मकवानपुर । कैलाश गाउँपालिका वडा नम्वर १० भाल्टारमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले भवनको उद्घाटन गरेका हुन् । संघीय सरकारको ससर्त अनुदानबाट गाउँपालिकाले ३० लाख रुपैयाँमा ३ कोठे भवनको निर्माण गरेको हो । कार्यालयमा ड्रेसिङ कक्ष, ओपिडी, आकस्मिक...
स्काउटको पराक्रमी पट्ट प्रथम पदकबाट मकवानपुरका ६ जना सम्मानित
मकवानपुर । नेपाल स्काउटको पराक्रमी पट्ट प्रथम पदकबाट मकवानपुरका ६ जना सम्मानित भएका छन् । स्काउटको राष्ट्रिय प्रधान कार्यालयले शाहसिक विधामा प्रदान गरिने सबैभन्दा उच्च पदक पराक्रमी पट्ट प्रथम पदक मकवानपुरका अशोक सारु मगर, अनिल आचार्य, निशा गौतम, ईश्वर लामिछाने, धिरज परियार र बिमल खत्रीलाई प्रदान गरेको हो ।...
लेनदेन मुद्दाका एक फरार प्रतिवादी पक्राउ
बारा । बारामा लेनदेन मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको प्रसौनी गाउँपालिका–५ बस्ने देवकी साह तेलीका छोरा भादोलाल साह तेली रहेका छन् । उनलाई प्रसौनीबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो । पक्राउ परेका साहलाई कैद भुक्तानका लागि कारागार कार्यालय वीरगञ्ज पठाइएको...
हेटौंडामा खाद्य अधिकार ऐन कार्यान्वयन सम्बन्धी अन्तरसंवाद
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा खाद्य अधिकार एने कार्यान्वयन सम्बन्धी अन्तरसंवाद कार्यक्रम भएको छ । कार्यक्रम बुधबार प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र फियान नेपालको संयुक्त आयोजनामा भएको हाृ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले कृषि र पशुपन्छी क्षेत्रको विकासका लागि अध्यादेशबाट भएपनि कृषि सम्बन्धी...
ट्रयाक्टर दुर्घटना हुँदा युवकको मृत्यु
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्वर ७ फुल्लेढुंगामा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार, हिजो साँझ साढे ६ बजे सुदुरपश्चिम प्रदेश ०१–००२ त...
थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित
काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित भएका छन् । उनी बुधबार निलम्बित भएका हुन् । उनलाई थाइल्यान्डको उच्च अदालतले निलम्बन गरेको हो । विपक्षी पार्टीले उनीविरुद्धमा सोमबार दिएको मुद्धाका आधारमा अदालतले बुधबार चानलाई निलम्बन गरेको हो । उनको कार्यकाललाई लिएर विपक्षीले उजुरी गरेका थिए । उनीविरुद्ध परेको...
चोरी भएर अमेरिका पुगेको दुर्गाको मूर्ति नेपाल ल्याइँदै
काठमाडौं । न्यूयोर्क स्थित नेपालको महावाणिज्य दूतावास र म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले संयुक्त रुपमा नेपाली पुरातात्विक वस्तु नेपाल फिर्ता गर्ने घोषणा गरेका छन् । म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्राग जुनियरबाट नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्विक...
यस्तो रहनेछ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मनसुनमा आंशिक बदली रहेको जनाएको छ । जसको प्रभावले बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो लुम्बिनी र मधेश प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ...
शिक्षण अस्पतालबाट भागेका कैदी पक्राउ
काठमाडौं । आँखाको उपचार गर्न जाँदा काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालबाट भागेका कैदी भोला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । बुढाथोकीलाई ललितपुरको लुबुबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, नख्खु कारागारमा ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका बुढाथोकीलाई जिल्ला...










