समाचार

सिट बाँडफाँडबारे टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । गठबन्धनबीच सिट बाँडफाँडमा सहमति जुटाउन आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको जनाइएको हो । सिट बाँडफाँडमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरुबाटै सहमति खोज्ने प्रयास भइरहेको छ । गठबन्धनमा रहेका...

एमालेको पोलिटब्यूरो बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको हो । बैठकमा शुक्रबार (भोलि) देखि सुरु हुने केन्द्रीय कमिटीको पाँचौं बैठकका एजेण्डा र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुनेछ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने...

युवालाई मासिक ५० हजार कमाउने बनाउछौँ : मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका युवालाई मासिक रु ५० हजार कमाउन सक्ने दक्ष नागरिक बनाउने दाबी गरेका छन् । मुख्यमन्त्री पाण्डेले बुधबार बागमती उद्योग परिषद्ले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को तयारी बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले तीन...

गृहमन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता, सुरक्षा अवस्ताबारे छलफल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, भेटमा वर्तमान सुरक्षा अवस्था र निर्वाचन सुरक्षा चुनौतीलगायत विषयमा छलफल भएको बताइएको छ । सरकारले मंसिर ४ मा प्रतिनिधिसभा र...

नेकपा एकीकृत समाजवादीले भोलि पार्टी पुनर्गठन दिवस मनाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो । बुधवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीवार (भोलि) दिउँसो १ बजे...

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा १ करोड १९ लाख जरिवाना हुने फैसला भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पिक्राउ पर्नेमा पूर्वी रुकुम घर भएका ३१ वर्षका अर्जुन बुढाथोकी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उच्च अदालत पाटनले बुढाथोकीलाई २४ दिन कैदमा राख्ने फैसला गरेको छ...

दैनिक २५ किलोग्राम सुन बिक्री

काठमाडौं । चाडबाड नजिकिएसँगै सुन बिक्रीको सिजन सुरू भएको छ । गत जेठ, असार र साउनमा दैनिक बिक्री न्यून रहेको सुनको कारोबार भदौ लागेसँगै उकालो लाग्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार, भदौ महिना लागेसँगै सुनको माग बढ्न थालेको हो । उनले...

महाअभियोग सिफारिस समितिको बैठक : जबरालाई बयानका लागि बोलाउने निर्णय

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक सम्पन्न भएको छ । बुधबार बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको छ । बैठकले जबरालाई भदौ १५ गते ११ बजे बयानका लागि बोलाउने निर्णय गरेको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिए । विष्टले जबराअघि अन्य सदस्यहरुसँग...

पल शाहको मुद्दा प्रतिवादीबाट स्थगित

नवलपुर । अभिनेता पल शाहको मुद्दा प्रतिवादीको तर्फबाट स्थगित भएको छ । नवलपुर जिल्ला अदालतमा विचाराधीन मुद्दा बुधबार प्रतिवादीको तर्फबाट स्थगित भएको हो । बुधबार शाहको मुद्दा नवलपुर जिल्ला अदालतका एक नम्वर न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासमा परेको थियो । बुधबार फैसलाको अपेक्षा गरिएको भएपनि प्रतिवादी पूर्ण विक्रम शाह...

थप ४८७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ४८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट २४२ तथा एन्टीजेन विधिबाट २४५ जनामा सङ्क्रमण पुष्टि...