समाचार

समानुपातिक निर्वाचनका लागि शुक्रबारबाट दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई शुक्रबारबाट निवेदन पेश गर्न आव्हान गरेको छ । आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दललाई आयोगले निवेदन दिन आव्हान गरेको हो । निर्वाचन आयोगले जारी गरेको...

आजको मौसम : थोरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभरको मनसुनमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गर्दा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ । यस्तै, आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा...

महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । भदौं २९ गतेभित्र जबरा बिरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो । बैठक अपरान्ह २ बजे बस्ने भएको हो । मंगलवार बसेको सिफारिस समिति बैठकले...

लोकसेवालाई परीक्षा संचालन गर्न बाटो खुल्यो

काठमाडौं । लोकसेवा आयोगलाई परीक्षा संचालन गर्न बाटो खुलेको छ । कर्मचारी समायोजनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाएपछि आयोगलाई परीक्षा संचालन गर्न बाटो खुलेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले लोकसेवा आयोगलाई परीक्षा रोक्नु भन्ने...

चुनावी अभियानका लागि कांग्रेसले सबै जिल्लामा प्रतिनिधि खटायो

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी संचालन गरेको चुनावी अभियानका लागि नेपाली कांग्रेसले देशभर प्रतिनिधि खटाएको छ । कांग्रेसले यही भदौ १० गतेदेखि संचालन हुने ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो । उक्त अभियानका लागि डोल्पा र...

आज पनि निष्कर्षबिहीन नै टुंगियो गठबन्धनको बैठक

काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि निष्कर्षबिहीन नै टुंगिएको छ । मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरु पनि सहभागी थिए । कोरोना परीक्षण गर्न गएकाले कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला भने अनुपस्थित थिए । कार्यदलमा कुनै सहमति...

डाका मुद्दाका फरार अभियुक्त प्रहरीको फन्दामा

मोरङ । प्रहरीले डाका मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१७ बस्‍ने ५० वर्षीय महमजुवेर मिया रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई मोरङ जिल्ला अदालतमा बुझाइएकोमा अदालतको आदेशले मोरङ कारागार...

हेटौंडामा भदौ ११ गते तामाङ चलचित्र दार्बुङ प्रदर्शन हुने

मकवानपुर । मकवानपुरको हेटौंडामा भदौ ११ गते तामाङ कथानक चलचित्र दार्बुङ प्रदर्शन हुने भएको छ । मकवानपुर तामाङ कलाकार संघको आयोजनमा तामाङ चलचित्र दार्बुङ हेटौंडामा प्रदर्शन हुन लागिएको हो । हेटौंडाको ओम्याक्स सिनेमा हलमा प्रदर्शन हुने उक्त चलचित्र सञ्जय लामा र अर्जुन लामाले निर्देशन गरेका हुन् । चलचित्र लोसाङ...

थप ६३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं । नेपालमा थप ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९४९ जनाको परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २...

झिनो अंकले बढ्यो नेप्से, एक अर्बमाथिको कारोबार

काठमाडौं । यस साताको दुई दिनयता सामान्य अंकले घटेको शेयर बजार आज झिनो अंकले बढ्न पुगेको छ । नेप्से परिसूचक आज १.८१ अंकले बढेर २०५४ विन्दुमा कायम हुन पुगेको छ । यसैको प्रभाव पछिल्लो केही दिनको शेयरबजार कारोबारमा देखिएको छ । केहीदिनयता शेयरबजारमा २.३ अर्बमा कारोबार सीमित हुने गरेको...