दैनिक २५ किलोग्राम सुन बिक्री

तु खबर संवाददाता
२०७९ भाद्र ८,बुधबार १७:४०

काठमाडौं । चाडबाड नजिकिएसँगै सुन बिक्रीको सिजन सुरू भएको छ । गत जेठ, असार र साउनमा दैनिक बिक्री न्यून रहेको सुनको कारोबार भदौ लागेसँगै उकालो लाग्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार, भदौ महिना लागेसँगै सुनको माग बढ्न थालेको हो । उनले अहिले दैनिक २५ किलोग्रामसम्म सुनको बिक्री हुन थालेको बताए ।

नेपाल सरकारले यतिबेला विदेशी विनिमयको सञ्चिति जोगाउने लक्ष्यसहित दैनिक १० किलोग्राम सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । यसअघि, दैनिक २० किलोग्राम सुन ल्याउन पाइने व्यवस्था हटाएर दैनिक कोटा १० किलोग्राममा झारेको हो । यससँगै, बजारमा आवश्यकताभन्दा कम सुन आपूर्ति भइरहेको व्यवसायीहरूको भनाइ छ ।