थप ४८७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप ४८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट २४२ तथा एन्टीजेन विधिबाट २४५ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ भने १६४ जना सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २९८ पुगेको छ । यता ३९ हजार ४४८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
