सिट बाँडफाँडबारे टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ भाद्र ९, बिहीबार ०८:२८
file-photo

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । गठबन्धनबीच सिट बाँडफाँडमा सहमति जुटाउन आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको जनाइएको हो ।

सिट बाँडफाँडमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरुबाटै सहमति खोज्ने प्रयास भइरहेको छ । गठबन्धनमा रहेका दलहरु आ–आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको थिएन ।

बैठकमा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ एक सय सिटमा दाबी गरेको छ भने अन्य दलहरुले ८० सिट मात्र दिन सकिने बताउँदै आएका छन् ।