स्काउटको पराक्रमी पट्ट प्रथम पदकबाट मकवानपुरका ६ जना सम्मानित

तु खबर संवाददाता
२०७९ भाद्र ९, बिहीबार १०:०२

मकवानपुर । नेपाल स्काउटको पराक्रमी पट्ट प्रथम पदकबाट मकवानपुरका ६ जना सम्मानित भएका छन् । स्काउटको राष्ट्रिय प्रधान कार्यालयले शाहसिक विधामा प्रदान गरिने सबैभन्दा उच्च पदक पराक्रमी पट्ट प्रथम पदक मकवानपुरका अशोक सारु मगर, अनिल आचार्य, निशा गौतम, ईश्वर लामिछाने, धिरज परियार र बिमल खत्रीलाई प्रदान गरेको हो ।

नेपाल स्काउट बागमती प्रदेशको आयोजनामा मकवानपुरमा रहेका रोभर रेन्जर तथा स्काउटरहरुलाई नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयद्वारा ७१ औं स्थापना दिवसको अवसरमा घोषणा गरिएको विभिन्न पदकहरु प्रदान गरिएको थियो ।

सोही घोषणा अनुरुप स्काउटको राष्ट्रिय प्रधान कार्यालयले पराक्रमी पट्ट प्रथम पदक कोभिडको समयमा हेटौंडा उपमहानगर भित्र कोभिड संक्रमित भई मुत्यु भएका र संक्रमित भएकाहरुको घरमा पिपिइ सुट लगाएर १२० भन्दा बढी घर तथा कार्यालयहरुमा महिनौ दिनसम्म लगातार ज्यानको प्रवाह नगरी निसंक्रमित गर्ने शाहसिक कार्य गरेकोले उनीहरुलाई प्रदान गरिएको जनाएको छ ।

एसएमएस अभियान कोभिडको समयमा कोभिडबारे प्रचार–प्रसार, मास्क लगाउने र हात धुने सिकाउने अभियानमा निरन्तर सक्रिय रहेका २१ जना स्काउटर, रोभर रेन्जरहरुलाई कोभिड स्वंयसेवक पदक समेत वितरण कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाको प्रमुख मिना कुमारी लामाले शुसोभित गरहेकी थिइन् ।

सोही कार्यक्रममा विघटित नेपाल स्काउट जिल्ला समिति मकवानपुरले तत्कालिन जिल्ला समितिको स्वामित्वमा रहेको जग्गाको लालपुर्जा, कागजपत्र, भवनको चाबी समेत बेली थापाले हेटौंडा उपमहानगरपालिका स्काउट समिति संयोजक दिपेन्द्र रोक्कालाई हस्तान्तरण गरेकी थिइन् ।