ट्रयाक्टर दुर्घटना हुँदा युवकको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र ९, बिहीबार ०९:१७
सांकेतिक तस्वीर

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्वर ७ फुल्लेढुंगामा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीका अनुसार, हिजो साँझ साढे ६ बजे सुदुरपश्चिम प्रदेश ०१–००२ त ४७७६ नम्बरको बालुवा बोकेको ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दुर्घटना परेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

उक्र दुर्घटनामा परेर एक बालक घाइते भएका छन् । दुर्घटनामा घाइते भएका सोही ठाउँका नारायण बमका १३ वर्षीय छोरा पारसको उपचार स्थानीय अस्पताल भइरहेको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।