समाचार
भिजिट भिसामा खाडी मुलुक जान लागेकालाई विमानस्थलबाट फर्काइयो
काठमाडौं । भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै रोकेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । कार्यालयले गत बुधबारदेखि अहिलेसम्म खाडी मुलुक जान खोज्ने नेपालीहरूलाई रोकेको कार्यालयले जानकारी दिएको...
खोलाले बगाएर एक जना बेपत्ता
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राई रहेका छन् । उनलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि...
सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै
काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने भएको हो । साउनको तेस्रो सातायता कार्यदलको बैठकमा आगामी मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल भइरहेको छ । कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले...
मैत्रीपूर्ण रग्बी खेलः महिलातर्फ मकवानपुर विजयी
मकवानपुर । मकवानपुरमा पहिलो पटक रग्बी खेलको आयोजना गरिएको छ । शनिबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा महिलातर्फ मकवानपुर टिम विजयी भएको छ । मकवानपुर रग्बी टिमले चितवन महिला रग्बी टिमलाई ७–० स्कोरले पराजित गरेको हो । यस्तै, पुरुषतर्फ चितवनको टिमसँग विजयी भएको छ ।चितवनको पुरुष रग्बी टिमले...
हिमालयन राईडर्स सोसाइटी मकवानपुरको अध्यक्षमा श्रेष्ठ
मकवानपुर । साइकल प्रयोगकर्ताहरुको संस्था हिमालयन राईडर्स सोसाइटी मकवानपुरको अध्यक्षमा रामकुमार श्रेष्ठ चयन भएका छन् । सोसाईटीकोको शनिबार हेटौंडामा भएको प्रथम साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । सोसाईटीको उपाध्यक्षमा राजु थापामगर, महासचिवमा चन्द्रकुमार मानन्धर, कोषाध्यक्षमा लक्ष्मीशरण श्रेष्ठ र सचिवमा लेखनाथ ढकाल चयन भएका छन् ।...
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आज पनि बस्दैछ । बैठक बिहान १०ः ३० बजेदेखि सुरु हुनेछ । उक्त बैठकमा समूहगत छलफलले निरन्तरता पाउने भएको जनाइएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह बनाइएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय...
पाकिस्तानमा बाढीमा परेर ९ सय जनाको मृत्यु
पाकिस्तान । पाकिस्तानमा आएको ऐतिहासिक वर्षा र बाढीमा परेर ९ सय जना भन्दा बढीको मृत्यु भएको छ भने ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । पाकिस्तानका जलवायु मन्त्रीले सरकार जलवायु–प्रेरित मानवीय प्रकोपसँग लडिरहेको बताइन् । आर्थिक संकटमा परेको पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरेको छ...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा सामान्य देखि पुर्ण बदली रहेको जनाएको छ । जसको प्रभावले प्रदेश १, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यमदेखि हल्का वर्षाको भइरहेको छ । आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा तथा...
आसन्न निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिने
काठमाडौं । आगामी मंसिर द्ध गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिने भएको छ । एकैचरणमा हुन लागेको उक्त निर्वाचनका लागि हाल भएका जनशक्तिबाट मात्रै सुरक्षा व्यवस्थापन पर्याप्त नहुने निष्कर्षसहित सरकारले ठूलो संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागिएको गृह मन्त्रालयका...
हत्कडीसहित भागेका युवक पक्राउ
धनगढी । कैलालीमा हत्कडीसहित भागेका युवक पक्राउ परेका छन् । आफ्नै बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले घरबाट नियन्त्रणमा लिने क्रममा हत्कडीसहित भागेका युवकलाई प्रहरीले पक्राउ गरेको गरेको जनाएको छ । पक्राउ पर्नेमा जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्वर ४ वाणीका २८ वर्षीय शंकर चौधरी रहेका छन् । प्रहरीका अनुसार, चौधरीलाई...










