हत्कडीसहित भागेका युवक पक्राउ

तु खबर संवाददाता
२०७९ भाद्र ११, शनिबार ०९:००
सांकेतिक तस्बिर

धनगढी । कैलालीमा हत्कडीसहित भागेका युवक पक्राउ परेका छन् । आफ्नै बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले घरबाट नियन्त्रणमा लिने क्रममा हत्कडीसहित भागेका युवकलाई प्रहरीले पक्राउ गरेको गरेको जनाएको छ ।

पक्राउ पर्नेमा जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्वर ४ वाणीका २८ वर्षीय शंकर चौधरी रहेका छन् । प्रहरीका अनुसार, चौधरीलाई जोशीपुर गाउँपालिका–४ कै हसानापुर क्षेत्रबाट पक्राउ गरेर इलाका प्रहरी कार्यालय भजनीको नियन्त्रणमा राखिएको छ ।

चौधरी गाँजा सेवनकर्ता भएको खुलेपछि घरमा खानतलासी गर्दा ४७ किलो गाँजासमेत फेला परेको प्रहरीले जनाइएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चौधरीका बुवा शम्भुले छोराले कुटपटि गरेको निवेदन दिएपछि शुक्रबार प्रहरीले शंकरलाई पक्राउ गरेको थियो तर पक्राउ गरेर इलाका प्रहरी कार्यालयतर्फ ल्याउँदै गर्दा उनी हत्कडीसहित भागेका थिए ।