समाचार

आइतबार ३३.३६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा भारी अंकले गिरावट आएको छ । गत साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज ३३.३६ अंकले घटेर १९८९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६१ लाखब ४८ हजार ३४१ कित्ता शेयर किनबेच...

दुर्घटनामा परेर प्रहरी हवल्दारको मृत्यु

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्वर ६ अर्थोपेडिक अस्पताल नजिकै गएराती स्कुटर र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गएराति बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश ०२ ०१९ प २४७६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना...

दाउराले हानेर बाबुको हत्या

काठमाडौँ । पाल्पाको माथागढी गाउँपालिका वडा नम्वर ४ नेटामा १४ वर्षीय छोराले ४५ वर्षीय बुबाको हत्या गरेका हुन् । पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले बाबु तिलबहादुर दिसाको टाउकोमा चिर्पट दाउराले हानेर हत्या गरेका हुन् । तिलबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी...

हरितालिका तीजको अवसरमा छालासम्बन्धी स्वास्थ्य चर्चा

मकवानपुर । आँचल साहित्य कला पुञ्ज मकवानपुरले नजिकिँदै गरेको हरितालिका तीजको अवसर पारेर छालासम्बन्धी स्वास्थ्य चर्चा तथा सचेतनामुलक तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । छालाको सुरक्षा कसरी गर्ने, छाला स्वस्थ राख्नका लागि के–कस्ता उपायहरू अपनाउने, कस्मेटिक उत्पादनले छालामा पार्ने प्रभाव, त्यसको रोकथाम, छालामा देखापर्ने विविध समस्याको पहिचान, समाधानको...

मकवानपुरमा घरेलु हिंसाका घटना बढ्दो, गत आवमा ४३९ वटा उजुरी दर्ता

मकवानपुर । मकवानपुरमा महिलामाथिको घरेलु हिंसा बढ्दै गएको जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, जिल्लामा पुरुषको तुलनामा महिलामाथि घरेलु हिंसाका घटना बढी हुने गरेको हो । जिल्लामा आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा घरेलु हिंसाको उजुरी झण्डै दोब्बर परेको सो...

दुर्घटनामा परेर एक जनाको मृत्यु, दुई घाइते

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका ३ बजनी चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । वीरगञ्जबाट सिमरातर्फ आउँदै गरेको बा ७१ प २९७ नम्बरको शनिबार साँझ पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने भएको हो । उक्त बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । यसैगरी,...

एमाले निर्वाचन परिचालन कमिटीको बैठक ११ बजे बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बिहान ११ बजे बस्ने भएको हो । कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु,...

मतदाता नामावली प्रकाशन आज

काठमाडौं । आगामी मंसि ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ । यसअन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशैभरिको मौसममा सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा चट्याङसहित हल्कादेखि...