आइतबार ३३.३६ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ भाद्र १२, आईतवार १५:४९

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा भारी अंकले गिरावट आएको छ । गत साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज ३३.३६ अंकले घटेर १९८९ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६१ लाखब ४८ हजार ३४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार हुन पुगेको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड समूह बाहेक सबै सूचक राताम्य रहेका छन् । सर्वाधिक आज हाइड्रोपावर सूचक र फाइनान्स सूचक ३ प्रतिशत भन्दा माथिले खस्किन पुगेको छ ।