एमाले निर्वाचन परिचालन कमिटीको बैठक ११ बजे बस्ने

तु खबर संवाददाता
२०७९ भाद्र १२, आईतवार ०९:२३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बिहान ११ बजे बस्ने भएको हो ।

कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेका छन् ।

बैठकमा नजिकिँदै गरेको संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी विभिन्न योजना तय गर्ने तयारी रहेको जनाइएको छ । निर्वाचान आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्यको लागि आगामी मंसिर ४ गते निर्वाचन गर्ने घोषणा गरेको छ ।