समाचार

हेटौंडामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर । धरानचतरा सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ कठायतचोकमा सोमबार सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । बोलेरो गाडीको ठक्करबाट बा ४४ प ३८०२ नम्वरको मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो । सोमबार राति सडकखण्डको ठुलोदमारतर्फबाट हटियातर्फ आउँदै गरेको...

आज हरितालिका तीज

मकवानपुर । हिन्दु नेपाली महिलाहरुले भगवान महादेवको पूजाआराधना गरी आज हरितालिका तीज हर्षल्लासका साथ मनाउँदैछन् । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव–पार्वतीको पूजा गरेपछि नाचगान...

योजना कार्यान्वयनमा ढिलाई नगर्न राज्यमन्त्री प्रजाको निर्देशन

मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले चालु आर्थिक वर्षमा छुट्याइएको योजना कार्यान्वयनमा ढिलाई नगर्न मातहतका कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । प्रदेशभित्रका पूर्वाधार विकास कार्यालय र सहरी विकास तथा भवन कार्यालयका कार्यालय प्रमुखहरुबीच सोमबार मन्त्रालयमा भएको कार्यक्रम कार्यान्वयन बारेको छलफलमा राज्यमन्त्री प्रजाले डिपिआर गर्नुपर्ने योजनाहरुको...

माओवादीले तोक्यो बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमा चुनावी कमान्डर

काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार ललितपुरमा बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बैठकले प्रदेशको ३३ निर्वाचनमा चुनावी कमाण्डर खटाउने निर्णय गरेको हो । बैठकले चितवन–१ मा कन्चन खनाल, चितवन –२ मा घनश्याम दाहाल र चितवन–३...

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । उक्त बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक–२०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुँदैछ । बैठकमा न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले प्रस्ताव...

जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाताभित्र पुस्ताकालय स्थापना

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाताभित्र पुस्तकालय स्थापना गरिएको छ । जिल्ला प्रहरी मकवानपुरले आफ्नो हिरासत कक्षमा पुस्तकालय स्थापना गरेको हो । उक्त पुस्तकालयको आइतबार बागमती प्रदेश, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख किरण बज्रचार्यले संयुक्त रुपमा उद्घाटन...

भदौं २० गतेभित्र उम्मेदवार सिफारिस गर्न माओवादीको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले भदौं २० गतेभित्र उम्मेदवारी सिफारिस गर्न निर्देशन दिएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी सिफारिस गर्न निर्देशन दिइएको हो । बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त...

तीज पर्व : आज दर खाने दिन

मकवानपुर । हिन्दु महिलाले मनाउने तीज पर्वअन्तर्गत् आज दरखाने दिन । विभिन्न मिठा परिकारका साथ दरखाने चलन छ । आज चेलीबेटी बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफुललगायत परिकारलाई दरका रुपमा खाने गर्दछन् । दरखाने समय र...

आजको मौसम : देशैभर मौसम बदली

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको जनाएको छ । आज देशैभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार, सोमबार देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम...

बागमती प्रदेशका स्वास्थ्य मन्त्री लामालाई कोरोना पुष्टि

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य प्रतिकुल भएपछि कोरोना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको मन्त्री लामाले आफ्नो आधिकारिक फेसबुक पेजमा जनाएका हुन् । उनले डेङ्गु नेगेटिभ आएको तर, कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन् । मन्त्री लामाको...