समाचार
आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा सामान्यदेखि पूर्णतया बदली रहेको जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै, आज दिउँसो प्रदेश १, मधेश प्रदेश,...
सत्ता गठबन्धन : कार्यदलको बैठक आज पनि बस्दै
काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधि सभाका १ सय ६५ तथा प्रदेश सभाका ३ सय...
आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाइँदै
मकवानपुर । आज ऋषिपञ्चमी मनाइँदैछ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउने प्रचलन छ । महिलाहरुले सबैरै नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान...
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
काठमाडौँ । अविरल वर्षाका कारण पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका वडा नम्वर २९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रहरीको भनाई...
यस्तो छ आजको मौसम
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी प्रदेशका केही तथा प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको...
सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको सिट बाँडफाँट आज टुंग्याउने
काठमाडौँ । सत्तारुढ गठबन्धन दलहरुले प्रतिनिधि सभाको सिट बाँडफाँट आज टुंग्याउने तयारी गरेका छन् । उक्त तयारी अनुसार गठबन्धन दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ । गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ । गठबन्धनका नेताहरुको बैठक बस्नुअघि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको...
गोराङ्दी खोलामा मोटरेबल पुल बनाउन ठेक्काको तयारी
मकवानपुर । मकवानपुरको मनहरीदेखि धादिङको मलेखु जोड्ने छोटो मार्गलाई बाह्रै महिना सञ्चालनमा ल्याउने तयारीअन्तर्गत मकवानपुरको राक्सिराङ गाउँपालिका–४ घोरकोटेस्थित गोराङ्दी खोलामा पक्की पुल निर्माणको तयारी गरिएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेटको व्यवस्था गरेपछि पुलको बहुवर्षीय ठेक्का लगाउने तयारी भएको हो...
ढकाल परिवारद्वारा भ्यालेन्टिनाको उपचारका लागि सहयोग अपिल
काठमाडौँ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) शाखा डीसी मेट्रो एरियाको क्षेत्रीय संयोजक लिला ओझा ढकालले २० बर्षीया छोरी भ्यालेन्टिना ढकालको अमेरिकाको टेनसी राज्यमा दुर्घटना भएको र उनको उपचार खर्च धेरै लाग्ने भएकोले आर्थिक सहयोगका लागि अपिल गरेकी छिन् । भ्यालेन्टिना अगस्ट १४ मा इशा फाउन्डेशनमा स्वयम् सेविकाको रुपमा...
चेली र माइतीको सम्बन्ध प्रगाढ बनाउन तीज महत्वपूर्णः प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले तीजले चेली र माइती बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । नेपाली हिन्दु नारीहरुको पर्व हरितालिका तीजका अवसरमा आज मंगलबार शुभकामना विज्ञप्ति जारी गर्दै प्रमुख शर्माले चेली र माइती बीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि यो...
बकैयामा स्कुटरको ठक्करबाट न्यासुर गम्भीर घाइते
मकवानपुर । जिल्लाको बकैया गाउँपालिका वडा नम्वर– ४ हात्तीसुँडेस्थित धरानचतरा सडकखण्ड अन्तर्गत भीमसेन दमारमा हातिसुँडेबाट हेटौडातर्फ आउँदै गरेको ना ३७ प १०५० नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा पैदलयात्री गम्भीर घाइते भएका छन् । बकैया– ३ हातिसुँडे बस्ने अन्दाजी ८० बर्षीय नानिलाल न्यासुर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय...










