नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

तु खबर संवाददाता
२०७९ भाद्र १५, बुधबार ०९:३६
file-photo

काठमाडौँ । अविरल वर्षाका कारण पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका वडा नम्वर २९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रहरीको भनाई छ । निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।