बकैयामा स्कुटरको ठक्करबाट न्यासुर गम्भीर घाइते
मकवानपुर । जिल्लाको बकैया गाउँपालिका वडा नम्वर– ४ हात्तीसुँडेस्थित धरानचतरा सडकखण्ड अन्तर्गत भीमसेन दमारमा हातिसुँडेबाट हेटौडातर्फ आउँदै गरेको ना ३७ प १०५० नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा पैदलयात्री गम्भीर घाइते भएका छन् ।
बकैया– ३ हातिसुँडे बस्ने अन्दाजी ८० बर्षीय नानिलाल न्यासुर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
न्यासुरलाई उपचारका लागि हेटौंडाको चुरेहिल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । स्कुटर तथा चालक हात्तीसुँडे प्रहरीको नियन्त्रणमा रहेको छ ।
