समाचार
प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा १० हजार लौरो किन्दै प्रहरी
काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि प्रहरीलाई १० हजार लाठी (लौरो) किनने भएको छ । निर्वाचनको लागि लौरो किक्न अर्थ मन्त्रालयले सहमति दिएको छ । मन्त्रालयले १० हजार लाठी र गोली बोक्न प्रयोग गरिने बिन्दुली किन्न अर्थ मन्त्रालयले ३० लाख रुपैयाँ...
राष्ट्रियसभा बैठक : डेंगु रोकथाममा ध्यान दिन सांसदको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेङ्गु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथाममा ध्यान दिन सरकारसँग माग गरेका छन् । बैठकको शून्य समयमा सांसद सुरेश आले मगरले काठमाडौँ उपत्यकामा समेत दैनिक डेंगु सङ्क्रमण बढ्दो देखिएकाले तत्काल रोकथामको कार्य अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह...
दोल्ती पावरले आईपीओ बिक्री गर्ने
काठमाडौं । दोल्ती पावर कम्पनीले साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने तयारी गरेको हो । स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४५८...
नागरिकता विधेयक विधायन समितिबाट हुबहु पास
काठमाडौं । राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित भएको छ । बुधबार बसेको समितिको बैठकमा उक्त विधेयक बहुमतले हुबहु पारित गरेको हो । विधायन समितिमा १५ जना सदस्य रहेकामध्ये एमालेका तीन र स्वतन्त्र सांसद खिमलाल देवकोटाले फरक मत दर्ज गरेका छन् । पारित भएको उक्त विधेयक भोलि बस्ने...
देशभर २६९ कोरोना संक्रमित थपिए, एकको मृत्यु
काठमाडौं । देशभर थप २६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ५५७ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । १...
अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–४ बस्ने २४ वर्षीय धिरज भण्डारी रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश...
आसन्न निर्वाचन : मतपत्र छपाइस्थलको सुरक्षामा सेना परिचालन
काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि आवश्यक मतपत्र छपाइस्थलमा सेना परिचालन गरिएको छ । निर्वाचनको लागि मतपत्र छापिने सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र र स्थलको सुरक्षामा सेना परिसचान गरिने भएको निर्वाचन आयोगले जनाएको छ । नेपाली सेनाका प्रवक्ता (सहायकरथी)...
स्व. गिरीको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभाको आयोजना
मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् समाजवादी चिन्तक प्रदीप गिरीको १३ औं दिनको पुण्यतिथिमा कांग्रेस मकवानपुरले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । बिहीबार कांग्रेस पार्टी कार्यालय हेटौंडामा सभाको आयोजना गरिएको हो । कांग्रेस मकवानपुर उपसभापति आनन्द कठायतको अध्यक्षता एवम् कांग्रेसका निवर्तमान कार्यबाहक सभापति बिष्णु लामिछाने, पूर्व सभापति माइकल...
राप्रपा नेपालले मेची महाकाली स्वाभिमान यात्रा संचालन गर्ने
काठमाडौं । राप्रपा नेपालले चुनावलाई लक्षित गरेर मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा संचालन गर्ने भएको छ । राप्रपा नेपालको बिहीबार बसेको सचिवालयको बैठकले सो निर्णय गरेको हो । बैठकले मेचीको काकडभिट्टाबाट आगामी भदौ ३० ३० मा सुरू हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं पुगेर समापन गर्ने निर्णय...
नेप्सेमा झिनो अंकको गिरावट
काठमाडौं । आज साताको पाँचौं दिन बिहीबार शेयर बजार झिनो अंकले गिरावट आएको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३८ करोडमाथिको कारोबार भएको...










