अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–४ बस्ने २४ वर्षीय धिरज भण्डारी रहेका छन् ।
उनलाई बिहीबार बिहान प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ०३२६ नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माइक्रोमा सवार धिरजले सिमेन्टको बोरामा लुकाई ल्याउँदै गरेको उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको हो ।
त्यस्तै, प्रहरीले कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–१ भजनी बस्ने २८ वर्षीय सुगन्ध बस्नेत रहेका छन् ।
बस्नेतलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले बिहीबार बिहान जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध बरामद भएपछि पक्राउ गरिएको प्रहरी जनाइएको छ ।
