नेप्सेमा झिनो अंकको गिरावट
काठमाडौं । आज साताको पाँचौं दिन बिहीबार शेयर बजार झिनो अंकले गिरावट आएको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३८ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज जीवन बीमा, माइक्रोफाइनान्स, निर्जिवन बीमा, फाइनान्स, हाइड्रोपावर, विकास बैंक र होटल तथा पर्यटन समूह बढेको छ भने ६ उपसूचक राताम्य छन् ।
