समाचार

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्ने निर्णय गर्नको लागि बैठक बोलाएको छ । नतिजा सार्वजनिक गर्नका लागि अहिले बोर्डको बैठक जारी रहेको बोर्डका एक सदस्यले जानकारी दिए । उनले भने, ‘हामी परीक्षा बैठक बस्ने...

भिरबाट लडेर मकवानपुरका ढुङ्गना गम्भीर घाइते

मकवानपुर । मकवानपुरमा भिरबाट लडेर एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ५ मा भिरबाट लडेर स्थानीय ७३ वर्षीय विष्णुबहादुर ढुङ्गना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ढुङ्गना भदौ १३ गते घर नजिकैको जङ्गलमा बाख्रा चराउन जाने क्रममा लडेर गम्भीर...

हेटौंडा जेसीजको आयोजनामा सप्ताहव्यापी कार्यक्रम हुँदै

मकवानपुर । हेटौंडा जेसीजको आयोजनामा आगामी हप्तादेखि हेटौंडामा सप्ताहव्यापी कार्यक्रम सुरु हुने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै जेसीज अध्यक्ष पवनकुमार कंसाकारले आइतबारबाट सप्ताहव्यापी कार्यक्रम सुरु हुने जानकारी गराएका हुन् । उनका अनुसार, आइतबार भदौ १९ गते लागूऔषधविरुद्ध सचेना कार्यक्रम र सीप विकास तालिम कार्यक्रम आयोजना...

कोरोना संक्रमणका कारण एकैदिन ३ जनाको मृत्‍यु, २०६ जना संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण एकैदिन तीन जनाको मृत्यु भएको छ । देशभर पछिल्लो २४ घण्टामा संक्रमणका कारण तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ...

प्रहरीद्वारा हेटौंडाको बुद्धचोकबाट तीन क्वीन्टल गाँजा बरामद, चालक फरार

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाको बुद्धचोकबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले शुक्रबार हेटौंडा उपमहानगरपालिका–१० बुद्धचोकबाट ३०५ किलो (तीन क्वीन्टल) लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, थानाभर्याङबाट बुद्धचोकतर्फ आउँदै गरेको ना ८ ख...

दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरका न्यासुरको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ हात्तीसुडेस्थित गत मंगलबार दुर्घटनामा परेर गम्भाीर घाइते भएका पदैलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्वर ३ हातिसुडे बस्ने अन्दाजी ८० वर्षीय नानी लाल न्यासुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, बकैया–४ भिमसेन दमारमा...

एमालेद्वारा मकवानपुर क्षेत्र नं. २ को ‘क’ का लागि उम्मेदवारीको नाम सिफारिस

मकवानपुर । नेकपा एमाले मकवानपुरले आसन्न निर्वाचनका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ । एमाले मकवानपुरको शुक्रबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले जिल्लाको क्षेत्र नं. २ को ‘क’ को लागि तीन जना उम्मेदवारको नाम सिफारिस भएको हो । बैठकले २ को ‘क’ का लागि प्रत्यक्षतर्फ बलराम बल,...

अफगानिस्तान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा अधिकारी पक्राउ

काठमाडौं । अफगानिस्तान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २१ गितानगर घर भई हाल काठमाडौंको बसुन्धारामा बस्‍दै आएका ३९ वर्षीय रविन अधिकारी भन्‍ने रविन्द्र अधिकारी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

दुई लाखभन्दा बढीले दिए एसईईको ग्रेडबृद्धि परीक्षा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० (एसईई) ग्रेडबृद्धि (पूरक) परीक्षामा दुई लाख बढी विद्यार्थी सहभागी भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले भदौ ११ गते र १२ गते परीक्षा संचालन गरेको थियो । परीक्षाको पहिलो दिन एक लाख ३९ हजार ३६२ र दोस्रो दिन ७४...

कांग्रेसद्वारा मकवानपुर–१ को ‘क’ मा १८ जना उम्मेदवारको नाम सिफारिस (सूचीसहित)

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुरले जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्वर १ अन्तर्गत प्रदेशसभा ‘क’ बाट प्रत्यक्ष तथा समानुपातिक गरी १८ जना सिफारिस भएका छन् । कांग्रेस मकवानपुर–१ (क) प्रदेश कार्यसमितिको बैठकले प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ र समानुपातिक...