एमालेद्वारा मकवानपुर क्षेत्र नं. २ को ‘क’ का लागि उम्मेदवारीको नाम सिफारिस
मकवानपुर । नेकपा एमाले मकवानपुरले आसन्न निर्वाचनका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ । एमाले मकवानपुरको शुक्रबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले जिल्लाको क्षेत्र नं. २ को ‘क’ को लागि तीन जना उम्मेदवारको नाम सिफारिस भएको हो ।
बैठकले २ को ‘क’ का लागि प्रत्यक्षतर्फ बलराम बल, विष्णुप्रसाद ढकाल र चमेली वाइबाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि दलहरुले भटाभट उम्मेदवारीको नाम सिफारिस गरिरकेको छ ।
